गुरु जजुर माध्यामिक विद्यालयले आगामि बर्षका लागि विभिन्न शैक्षिक योजनाहरु अघि सार्यो

तुलसीपुर २९ चैत्र
गुरु जजुर माध्यामिक विद्यालय तुलसीपुर उपमहानगर पालिका ४ ले आगामी बर्षकालागि विभिन्न शैक्षिक योजनाहरु अघि सारेको छ । ६२औं बार्षिकउत्वसको अवसरमा आयोजना गरिएको कार्यक्रमा प्राधानाध्यापक विष्णुप्रसाद आचार्यले आगामी शैक्षिक सत्र देखि कक्षा सात सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गराउने योजना सारेको बताए ।
सामुदायिक विद्यालयहरु पनि बोर्डिङ सरह सक्षम छन् भन्ने उद्देश्य र गरिब तथा विपन्न वर्गका छोराछोरीले पनि बोर्डिङ स्कुल सरह शिक्षा पाउन भन्ने लक्ष्यका साथ अंग्रेजी माध्यमबाट पढाउन सुरु गरिएको विद्यालयले बताएको छ । त्यसैगरी कम्जोर विद्यार्थीका लागि अतिरिक्त कृयाकलाप गराइने, चिल्ड्रेन जोन वनाउने, विद्यार्थीको उर्तिण संख्या वृद्धि गर्दै लैजाने , प्राविधिक शिक्षाका र नमुना विद्यालयका रुपमा रननीति बनाउने लगाएतका योजना छन् । यसै गरि कक्षा ६ देखि १० कक्षा सम्म अनिवार्य कम्प्युटर शिक्षा लागु गरेको विद्यालयमा १४ सय बढी विद्यार्थी अध्यनरत छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रणब खड्काको अध्यक्षता एव्म सांसद बुद्धिराम भण्डारीको प्रमुख आथित्य तथा सांसद अनारकली मियाको विशिष्ट आनथित्यमा कार्यक्रम भएको थियो । कार्यक्रमा, एमालेका पोमनारायण रिजाल, नेपाली कांग्रेसका भिमप्रसाद भण्डारी, राप्रपाका छोटीलाल चौधरी, जनमोर्चाका दुर्गाप्रसाद खनाल, शिक्षक द्धोय लेवेन्द्र केसी, लक्ष्मी अधिकारी लगाएतले बोलेका थिए ।

प्रकाशित मिति : २०७३ चैत्र २९ गते मङ्गलवार
प्रतिक्रिया