स्वास्थ्य प्रबद्र्धन् मेरो बर्ष अभियान कार्यक्रम सम्पन्न

तुलसीपुर, १६ जेठ ।शान्तिनगर गाउँपालिकाको आयोजनामा सन्चालन गरिएको स्वास्थ्य प्रबद्र्धन् मेरो बर्ष अभियान कार्यक्रम विहिवार चिराघाटमा सम्पन्न भएको छ । शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमान सिङ्ग डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मिथिला शाह, प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसी र वडाअध्यक्षहरु रबि बुढाथोकी, बुद्धिराम तिवारी, फर्सराम डाँगी, धन बहादुर केसी र जङग बहादुर पुन लगाएतले बोलेका थिए ।
कार्यक्रममा मानव स्वास्थ्य कसरी स्वस्थ राख्न सकिन्छ, मधुमेह र रक्तचाप रोग लाग्नुको कारण र रोकथामका उपायका बारेमा जानकारी गराईएको थियो । कार्यक्रममा पुरुष र महिला गरि २० जनाको सहभागिता रहेको थियो । स्वास्थ्य सहसंयोजक घनश्याम पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य संयोजक हरि पुनले गरेका थिए ।

प्रकाशित मिति : २०७६ जेष्ठ १६ गते बिहिवार
प्रतिक्रिया