बेसहारा दुई वालिकालाई दिदिघर संस्थाको सहयोग

तुलसीपुर, १६ जेठ । तुलसीपुर ६ डुम्रिगाउँमा रहेको दिदिघर संस्थाले तुलसीपुरका बेसहारा दुई वालिकालाई विहिवार झोला र स्टेशनरी सामग्री सहयोग गरेको छ ।बाबुआमाले छाडेर गएपछि बेसहारा बनेका तुलसीपुर २ बालापुरका सागर विकका ४ वर्षिया छोरी आयुसा र ३ वर्षिया छोरी शिवुलाई झोला र शैक्षिक सामग्री सहयोग गरेको संस्थाकी अध्यक्ष स्यानी चौधरीले जानकारी दिएकी छिन् । उनीहरुलाई दुई वटा झोला , कापी र कलम सहयोग गरिएको हो ।

आफुहरुले असहाय र दुख पाएका बालबालिकाहरुलाई सहयोग गदै आएको र अहिले आफु संग ८ जना अनाथ तथा विपन्न बालबालिका भएकोे संस्थाकी अध्यक्ष चौधरीले बताएका छिन् । सागरले तेस्रो विवाह गरेपछि उनीहरु कान्छी आमाबाट अपहेलित हुन पुगेको बालिकाका हजुरवुवा धनिराम सुनारले बताएका छन् । उनका अनुसार आफनो छोरा सागरले तिन वटा श्रीमती विवाह गरेका छन् ।पहिलो श्रीमतीबाट एउटा छोरा छन् उनी फुपुको घरमा बस्दै आएका छन् । दोस्रो श्रीमतीबाट ती दुई छोरी हुन् भने तेस्रो कान्छी श्रीमतीबाट एउटा छोरा छन् ।

ती दुई बालिकाका आमाले केहि वर्ष पहिले बावु संग छाडेर विदेश गएपछि घरमा श्रीमान्ले तेस्रो कान्छी श्रीमती विवाह गरेको थाहा पाएपछि उनी अहिले सम्म सम्पर्कमा नआएको धनिरामले बताएका छन् ।अहिले ती दुई वालिका विगत एक महिना देखी हजुरबुवा र हजुरआमा संग बस्दै आएका छन् । छोराले कान्छी श्रीमतीलाई लगेर जाजारकोटमा ट्याक्टर चलाउने काम गदै आएको धनिरामले बताएका छन् ।आफुहरु पनि बुढाबुढि भएकाले बृद्धभत्ताले दैनिकी गुजरा चलाउदै आएको बताउदै उनले नातीनीलाई लालनपालन गर्न सक्ने अवस्था नभएको उनले बताएका छन् ।

प्रकाशित मिति : २०७६ जेष्ठ १६ गते बिहिवार
प्रतिक्रिया