शान्तीनगर सुनडवरीको एक घरगोठमा आगलागी

तुलसीपुर, १४ जेठ । पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ६ सुन्डबरी निवासी प्रेम बहादुर कुवँरको घरमा आगलागी भएको छ । मंगलवार दिउँसो तिन बजे तिर आगलागी हुदा झन्डै पाँच लाख बराबरको क्षति भएको वडा अध्यक्ष रबि बुढाथोकीले जानकारी दिएका छन् ।
आगलागी हुदा एक घर र गोठ पुर्ण रुपमा जलेर नष्ट भएको उनले जनाएका छन् । आगलागीको कारण खुलेको छैन । यसैविच अग्निपिडित परिवारलाई गाउँपालिकाले राहत प्रदान गरेको छ । गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगी , उपाध्यक्ष मिथिला शाह, वडा अध्यक्ष रवी बुढाथोकीले पचास केजी चामल, पाँच लिटर तेल, पाँच केजी दाल र दुई केजी नुन प्रदान गरेको गाउँपालिकाका प्रेस संयोजक निरास पाण्डेले जानकारी दिएका छन् । यस्तै जिमिन संस्था र नेपाल रेड्क्रस सोसाइटी उपशाखा पवननगरले पनि अग्निपिडित परिवारलाइ राहत बितरण गरेको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ १४ गते मङ्गलवार
प्रतिक्रिया