२०८३ असोज ५ गते सोमवार

दाङमा चुनढुङ्गा बोकेको टिप्पर पल्टीदा चालकको मृत्यु

तुलसीपुर,२९ चैत्र टिप्पर पल्टीएर दाङमा एक जनाको मृत्यु भएको छ । मृत्य हुनेमा टिप्पर चालक घोराही उपमहानगरपालिका १७ चौघेरा निवासि अन्दाजि ३०।३५ बर्षका हुरी बहादुर कार्कि रहेको  प्रहरीले जनाएको छ । घोराही सिमेन्टको चुनढुङ्गा लिएर फर्किदै गरेको बा ३ ख ३८३५ नम्बरको टिप्पर वडा नम्बर ४ रानीदमार भन्ने ठाउमा हिजो बेलुका पल्टीएको ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक ओम प्रकाश वाग्लेले जानकारी दिनुभएको छ । टिप्पर एक सय मिटर तल खसेको छ । दुर्घटना हुनुको कारण भने पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ । चालक मात्रै भएको हुनाले कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनको शव पोष्र्टमाटमका लागि घोराही अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति : २०७३ चैत्र २९ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।