२०८३ असोज ६ गते मङ्गलवार

दाङका अर्यालले लगाए मध्यरातमै आईजीपीको फुली

काठमाडौं, २९ चैत । नेपाल प्रहरीका नववियुक्त प्रहरी महानरीक्षक (आईजीपी) प्रकाश अर्यालले मध्यरातमा नै फुली लगाएका छन् । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा प्रहरी प्रमुख अर्याललाई गृहसचिवले दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । तर, कार्यक्रममा सञ्चारकर्मीहरुलाई प्रवेशमा रोक लगाइएको थियो । लामो समयसम्म गेटमा कुराइएका फोटो पत्रकारहरुलाई अर्यालले फुली लगाइसकेपछि मात्र तस्वीर खिच्न दिइएको थियो । यसअघि सरकारले सोमबार अबेर डीआईजी  दाङ घोराही १५ का अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति : २०७३ चैत्र २९ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।