तुलसीपुर, १२ जेठ । तुलसिपुर उपमहानगरपालिका वडा नं. ३ राणागांउ स्थित झरणाटोल हुदै सिरखोला देखि पहरेखोला सम्मको २ किलो मिटर सडक बाटोको आईतवार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । सडकबाटो उद्घाटन वडा नम्वर ३ का वडा अध्यक्ष विर बहादुर विकले गरेका हुन् । बाटोको उद्घाटन गदै वडा अध्यक्ष विकले वडा नम्वर ३ को विकट वस्तीहरुमा अझै पनि विजुली बत्ती नपुगेको भनदै आगामी आर्थिक बर्षमा विशेष योजना बनाउने बताएका छन् ।
वडामा सडकबाटो, खानेपानी र विद्युतको समस्या भएको भन्दै समस्याको पहिचान गरी त्यस्ता गाउँ र बस्तीलाई विशेष प्राथमिकतामा राखेर विकासको काम गर्ने बताएका छन् । झरणा टोल विकास संस्थाका अध्यक्ष नर बहादुर कठायतको अध्यक्षता कार्यक्रम भएको हो । सो अवसरमा सक्षम टोल विकास संस्थाका अध्यक्ष झपिलाल घिमिरे, स्थानियहरु बासु वलि, विष्णु मल्ल लगाएतले विद्युत र खानेपानीको माग गरेका थिए ।
झरणा टोलका सचिव मेवालाल खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका पुर्व अध्यक्ष शंकर भुसालले गरेका थिए । वडा कार्यालय र टोल विकास संस्थाको सयुक्त पहलमा सडक बाटो विस्तार गरिएको हो ।