दाङमा प्राकृतिक विपदमा परि एक वर्षको अवधीमा २६ जनाको मुत्यु

तुलसीपुर, १२ जेठ ।दाङमा प्राकृतिक विपदका कारण वितेको एक वर्षको अवधीमा २६ जनाले अकालमै ज्यान गुमाएका छन् । २०७५ बैशाख देखी चैत्र मसान्त सम्मको तथ्याङक अनुसार जिल्लामा विभिन्न समयमा प्राकृतिक विपदमा परि उनीहरुको ज्यान गएको हो । जिल्ला आपतकालिन कार्य सन्चालन केन्द्र दाङले दिएको जानकारी अनुसार ज्यान गुमाउनेमा सवैभन्दा वढि सपैदंशका कारण ३ पुरुष र ३ महिला गरी ६ जना रहेको केन्द्रका संयोजक खिलानाथ दाहालले जानकारी दिएका छन् । यस्तै ५/५ जना करेन्ट र माटोको ढिस्कोले पुरिएर ज्यान गएको छ ।
केन्द्रको तथ्याङक अनुसार आगलागीमा परि ४, पानीमा डुवेर ४ जना र चट्याङका कारण दुई जनाको अकालमै ज्यान गएको छ । यसरी उक्त तथ्याङको आधारमा १४ जना पुरुष र १२ जना महिलाको ज्यान गएको हो ।आजको राप्ती समाचार दैनिकमा खवर छापिएको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ १२ गते आइतवार
प्रतिक्रिया