गाँउमै निशुल्क शिविर सञ्चालन

बिमल योगी
दाङ,११ जेठ । दाङको घोराही उपमहानगरपालिका वडा नम्वर ७ मा बिषेशज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ७ नं.वडा कार्यालयको आयोजना तथा गोरखा पव्लीक हस्पिटल प्रा.लि.,स्वास्थ्य चौकी सौडियार र मानवअधिकार निगरानी समुह सौडियारको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । घोराही ७ घुस्रास्थित जनता प्रा.वि.को प्राङेगनमा आयोजित शिविरमा दुई सय भन्दा बढिले बिषेशज्ञ सेवा सहितको स्वास्थ्य सेवा लिएको वडा कार्यालयका सामाजिक परिचालक बिमल योगीले जानकारी दिनुभएको छ । शिवरमा महिलाको तल्लो पेट दुख्ने,सेतो पानी बग्ने,महिनावारी समस्या,प्रेसर,सुगर,ज्वारो आउने,बान्ता आउने,टाउको दुख्ने लगायत स्त्री रोग सम्वन्धि सम्पूर्ण समस्याको परामर्श तथा औषधी बितरण गरिएको थियो ।

वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षतामा भएको शिविरको उद्घाटन घोराही उप महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषीराम केसीले गर्नुभएको थियो । शिविरमा गोरखा पव्लीक हस्पिटलका स्त्री रोग बिषेशज्ञ डा.रमेश यादव,डाक्टर रक्षा वस्नेत,स्टाफ नर्सहरु बिन्दु श्रेष्ठ,राधा बुढा,डाक्टर संतोष चौधरी,स्वास्थ्य चौकी सौडियारका इञ्चार्ज कुमार दुलाल लगायतले स्वास्थ्य जाच तथा परामर्श सेवा दिनुभएको थियो ।

भने अहेवहरु अशोक कमार योगी,भरत चौधरी,हिमलाल केसी,अनमीहरु कमला शर्मा,निमा डागी,रिनु थापा लगायतले प्राविधिक सहयोग गर्नुभएको थियो । सो अवसरमा बोल्ने बक्ताहरुले दुरदराजको गाँउमा बिषेशज्ञ सहितको स्वास्थ्य उपचार सेवा पाएपछि स्थानियहरु खुसी भएको बताएका छन । शिविरमा सहभागी निमा चौधरीले वडा कार्यालय आयोजना गरेको शिविरबाट आफुले निकै फाइदा लिएको बताउनुभयो । सामान्य उपचारका लागि पनि जिल्ला धाउने बाध्यता हुदा समय र पैसाको समेत खर्च हुने गरेकोमा आफ्नै ठाउमा सेवा पाएपछि निकै खुसी भएको उहाँको भनाई छ ।

शिविरमा ९० बर्षका बृद्धादेखी नवजात शिशु सम्मकाले उपचार सेवा लिएका छन । वडा सदस्य छन्द बहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको शिविर उद्घाटन कार्यक्रममा प्रेस चौतारी दाङका अध्यक्ष जेएन सागर,वडा सदस्यहरु सुशिला चौधरी,गोमा नेपाली,जनता आधारभुत बिद्यालय घुस्राका प्रधानाध्यापक बिकास चौधरी,स्वास्थ्य चौकी सौडियारका इञ्चार्ज कुमार दुलाल,मानवअधिकार निगरानी समुहका उपाध्यक्ष लौटन चौधरी लगायत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण वडा सचिव चन्द्रबहादुर केसीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७६ जेष्ठ ११ गते शनिवार
प्रतिक्रिया