झाँक्रिको हत्या गर्ने ११ जनालाई जन्मकैद

धार्दिङ, ९ जेठ । गङ्गाजमुना गाउँपालिका–२ लताबमा दुई झाँक्रीको हत्या गरेको आरोपमा धादिङ जिल्ला अदालतले २६ जनालाई कारागार सजाय सुनाएको छ । धादिङ जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले बुधवार उक्त सजाय सुनाएको हो भने चार जना महिलालाई सफाइ दिईएको छ ।हत्या घटनामा सलग्न भएका ओरापीत ३४ वर्षीय जितबहादुर तामाङ, ४९ वर्षीय भिमबहादुर तामाङ, ३६ वर्षीय मेमबहादुर तामाङ, ४४ वर्षीय टाडोङ तामाङ, २५ वर्षीय मङ्गले तामाङ, ३४ वर्षीय बमबहादुर तामाङ लगाएत ११ जनालाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (९३०) बमोजिम जन्म कैद गर्ने फैसला गरिएको जिल्ला अदालतका श्रेस्तेदार नवराज दङ्गालले बताएका छन् ।
यसैगरी ३८ वर्षीय ज्ञानबहादुर भन्ने शङ्कर तामाङ, ३७ वर्षीय वीरबहादुर तामाङ, २६ वर्षीय शुकबहादुर तामाङ, १८ वर्षीय शुकराम तामाङ लगाएत ११ जनालाई जनही पाँच वर्ष छ महिना कैद फैसला सुनाईएको छ ।यस्तै अन्य ४ जनालाई तिन वर्ष कैद फैसला सुनाएको छ । गाउँमा झाँक्री लागेर गाउँवासीलाई दुःख दिएको आरोपमा विसं ०७५ साउन ५ गते गाउँवासीको कुटपिटका कारण गङ्गाजमुना गाउँपालिका–२ लताबका ४५ वर्षीय साइँला भन्ने प्लेक तामाङ र सोही स्थानका ६५ वर्षीय नरुङ तामाङको हत्या भएको थियो ।

प्रकाशित मिति : २०७६ जेष्ठ ९ गते बिहिवार
प्रतिक्रिया