महिलाहरुका लागि तकियापुरमा पैरवी तालिम

शरद रेग्मी
तुलसीपुर,८ जेठ÷तुलसीपुर उपमहानगरपालिका वडा नं २ तकियापुरमा महिला पैरवी तथा सशक्तिकरण र प्रतिवेदन लेखन तालिम सुरु भएको छ । रिपोर्टस क्लव दाङ्गको आयोजना तथा वडा नंम्बर २ को आर्थिक सहयोगमा बुधवार देखि महिला लेखन पैरवी,सशक्तिकरण र प्रतिवेदन लेखन तालिम सुरु भएको हो ।
क्लवले बुधवार एक कार्यक्रमको आयोजना गरि उक्त तालिमको उद्घाटन गरेको हो । रिपोर्टस क्लव दाङ्ग शाखाका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तुलसीपुर उपमहनगरपालिका वडा नं २ का वडा अध्यक्ष राजु आचार्यले वडा नम्बर २ लाई नमुना वडाका रुपमा विकास गर्ने लागी परेको बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य राजकुमार केसी,कविराज चौधरी,कमला थापा,सरिता विक,समाजसेवी राममणी नेपाली लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो । तालिम ११ गतेसम्म सञ्चालन हुने छ । ३० बढी महिलाहरुको सहभागीता रहेको तालिमको प्रशिक्षकमा तुलसीपुर उपमहानगरपालिकाका सुचना अधिकारी झरेन्द्र खरेल,रेडियो सञ्जीवनीका समाचार प्रमुख विमल गौतम लगाएतका रहनुभएको थियो ।

प्रकाशित मिति : २०७६ जेष्ठ ८ गते बुधवार
प्रतिक्रिया