४५ जना जेष्ठ नागरिकलाई स्वर्गद्धारी भ्रमण

तुलसीपुर, ७ जेठ । तुलसीपुरका एक व्यवसायीले तुलसीपुर क्षेत्रका जेष्ठ नागरिकलाई दुई दिने स्वर्गद्धारी भ्रमणमा लगेका छन् । सफा कन्ट्रक्सन प्रालिका प्रोप्राईटर तथा तुलसीपुर ९ बेलुवा निवासी बसन्त केसीले प्युठानको पवित्र धार्मिक पर्यटकिय स्थल स्वर्गद्धारी अवलोकन गराउन जेष्ठ नागरिकहरुलाई लैजान लागेको जानकारी दिएका छन् ।
उनका अनुसार बृद्ध सेवा समिति तुलसीपुर जेष्ठ नागरिक समाजमा आवद्ध जेष्ठ नागरिक र तुलसीपुर १२ रझेनामा रहेको बृद्ध आश्रममा बस्ने जेष्ठ नागरिक गरी झन्डै ४५ जनालाई भ्रमणका लागी लगेका छन् ।

मानव सेवा नै धर्म हो भन्ने मान्यताका साथ जेष्ठ नागरिकलाई सम्मान गदै स्वर्गद्धारी भ्रमणका लागी मंगलवार लैजान लागेको जानकारी दिएका छन् । भ्रमणका क्रममा लाग्ने सम्पुर्ण खर्च आफैले व्यहोर्ने केसीले बताएका छन् । बस रिर्जव गरी उनीहरुलाई जैलान लागेको र बुधवार फर्कने उनको भनाई छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ ७ गते मङ्गलवार
प्रतिक्रिया