दाङमा बालकको उपचारका क्रममा निधन भएपछि मेडिकल सञ्चालक पक्राउ

दाङ , ७ जेठ । डेढ वर्षीय बालकको उपचारका क्रममा मुत्यु भएपछि दाङको गढवा गाउँपालिका वडा नं १ जेठानगाउँमा रहेको यूनिक मेडिकल सञ्चालक चेतराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । अर्घाखाँची सितगंगा नगरपालिका घर भई सोहि गाउँ माइतीको घरमा आएकी सरिता कुमालकी १८ महिने छोरा सुशान्तको लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा निधन भएको थियो ।सोमवार विहान बालक विरामी भएपछि स्थानिय यूनिक मेडिकलमा उपचारका लागि सरिता कुमालले लगेकी थिईन् ।
मेडिकल सञ्चालक चौधरीले बालकलाई चेकजाँच गरी Cefantal o.25 gm { Dexona o.2 m नामक गलत औषधि प्रयोग गरेपछि बालक बेहोस भएको भन्ने पिडित दावी गरेको प्रहरीको भनाई छ । त्यसपछि बेहोस भएका बालकलाई उपचारको लागि बुटवल लगिएको थियो । उपचारकै क्रममा बालकको निधन भएको हो ।बालकको शव लमही अस्पताल देउखुरीमा राखिएको र मेडिकल सञ्चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६ जेष्ठ ७ गते मङ्गलवार
प्रतिक्रिया