तुलसीपुर चारको महत्वकाक्षीं छ काम, पहिलो प्राथमिकता सडकलाई

लक्ष्मण विश्वकर्मा,तुलसीपुर ७ जेठ ।दाङ तुलसीपुर उपमहानगरपालिकामा जनप्रतिनिधि आएको दुई वर्ष पुग्न अव डेढ महिना मात्र बाँकी छ । दुई दशक लामो समय सम्म कर्मचारीले चलाउदै आएको सरकारी कार्यालय अहिले जनप्रतिनिधिले नेतृत्व गरिरहेका छन् ।सिंहदरबारको अधिकार गाउँ गाउँमा दिने भनेर अहिले हरेक स्थानिय तहको वडा स्तर सम्म जनप्रतिनिधिको नेतृत्व छ । लामो समय पछि स्थानिय तह सम्म जनप्रतिनिधिहरु आईसकेपछि अहिले विकासले धेरै फड्को मारेको पाईन्छ । यद्यपी नागरिकले आशा र अपेक्षा गरे अनुसारको विकास र सेवा प्रवाह अझै हुन सकिरहेको छैन ।

यता तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ मा जनप्रतिनिधि आईसकेपछि वडाको विकास निर्माणमा धेरै फड्को मारेको वडा कार्यालयले दावी गरेको छ ।वडामा जनप्रतिनिधि आईसकेपछि गाउँगाउँ सम्म सडक बाटो पुगेको वडा अध्यक्ष बालकृष्ण रानाले दावी गरेका छन् ।वडामा सवै भन्दा वढि सडकबाटोलाई प्राथमिकतामा राखेर काम भईरहेको अध्यक्ष रानाको भनाई छ ।त्यस्तैगरी खानेपानी, सिचाईकुलो, विद्युत ,स्वास्थ्य ,शिक्षा र जनचेतना लगाएतका थुप्रै कामहरु पनि भईरहेको उनले बताएका छन् । तर पनि केहि महत्वकाक्षीं छ योजनाहरुलाई बुद्धागत रुपमा उल्लेख गरिएको छ ।

वडा नम्वर ४ मा महत्वपुर्ण विकास निर्माणका कामहरु के के हुन् ?

.चिउरेडाँडा देखी मुल्कोट सम्म सडकबाटो निर्माण (पुखौ देखी बस्ती बसेको वडाको विकट गाउँ मुल्कोटमा जनप्रतिनिधि आईसकेपछि पहिलो पटक गाडी पुगेको छ ।
२. बायखोला देखी खाद्रे,बनहरी,सुकिदह ,घोरानेटी हुदै आँखा अस्पताल सम्म सडक विस्तार गरी दैनिक बस सेवा सन्चालन (जनप्रतिनिधि आईसकेपछि पहिलो पटक बायखोला देखी खाद्रे हुदै सुकिदह सम्मको सडक बाटो निर्माण गरी यातायात सन्चालन भएको छ ।
३. खाद्रेमा टेलिकमको टावर स्थापना (बषौदेखी खाद्रे लगाएत विभिन्न बस्तीमा नमस्तेको नेटवकको समस्या थियो । जनप्रतिनिधि आईसकेपछि टु जिवीको नमस्तेको टावर निर्माूण गरी सेवा सुचारु भएको छ ।
४. गहतेरा स्थित कौवाखोलीमा कल्र्भट निर्माण (बषौदेखी काठको पुल मार्फत आवतजावत गर्न बाधय भएका स्थानिय बासीको समस्यालाई मध्यनजर गदै काठको पुल विस्थापित गरी कल्र्भट निर्माण गरिएको छ ।
५. ३० घरधुरीलाई जस्तापाता वितरण(जनप्रतिनिधि आईसकेपछि वडाका अतिविपन्न खरको छाना लगाएका घरधुरीलाई जस्तापाता वितरण गरिएको हो ।
६. वडाको गहाना पर्यटकिय स्थल चमेरेगुफामा डिपिआर निर्माण भएको छ ।

निर्माण प्रक्रियामा रहेका योजनाहरु

१. पर्सेनी ,बम्नै,खाद्रे हुदै खुमखानी सम्म सडक बाटोको विस्तार (बम्नै देखी खाद्रे सम्म सडकबाटोको स्तरोन्नती गदै अहिले सम्म सडक बाटो नपुगेको विटक बस्ती खुमखानी सम्म सडक बाटो लैजाने योजनाका साथ काम भईरहेको छ ।
२. मुल्कोट र मजुवामा खानेपानीको विस्तार ( विकट क्षेत्र जहाँ बषौ देखी बस्ती बस्दै आएको मुल्कोट,जुम्लीटाकुरा, सिरगैरामा सोलार मार्फत खानेपानी विस्तार गर्नका लागी काम सुरु भएको छ ।त्यस्तैगरी खानेपानीको निकै समस्या भएको मजुवामा पनि लिफट मार्फत खानेपानी विस्तार हुदैछ ।
३. खाद्रे खानेपानी संरचना र हलवार खानेपानीमा पाईप विस्तारको काम भएको छ ।
४.चमेरेगुफा ,मुल्कोट हुदै सल्यान सम्म सडक बाटो विस्तार हुदैछ ।
५.रक्षाचौरको चारबाटो चोक ,गहतेरा बनहरी एक्लेसाल हुदै खाद्रे जोड्ने सडक कालोपत्रे हुदैछ ।
६.सुकिदहको ताल संरक्षण ।
७. विभिन्न विद्यालयमा आबश्यक सहयोग ।
८. विभिन्न स्थानमा सिचाई कुलो निर्माण तथा निर्माण प्रक्रियामा छन् ।
९. हलवार स्वास्थ्य चौकीमा २० कोठाको सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माणको टेण्डर प्रक्रिया सुरु भएको छ ।
१०.वडामा विद्युत लाईनमा प्रयोग गरिएका काठका पोलहरु विस्थापित गर्ने कामहरु भईरहेका छन् ।
समग्रमा आफुहरुले झन्डै दुई वर्षको अवधीमा सोचे अनुसारको काम सम्पन्न गरेको वडा अध्यक्ष रानाको दावी रहेको छ । साथै आगामी दिनहरुमा पनि वडाको सवै भुगोल, वडाबासीको आबश्यकता र चाहाना अनुसार क्रमश विकास निर्माणका कामहरु गरी आफुहरुको कार्यअवधी सम्म वडालाई नमुना वडाको रुपमा विकास गर्ने लक्ष्यका साथ वडा कार्यालयले काम गरीरहेको वडा अध्यक्ष रानाको भनाई छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ ७ गते मङ्गलवार
प्रतिक्रिया