वुद्ध जयन्तीमा हिंसा नगर्न नगरप्रमुखको आग्रह

तुलसीपुर, जेठ ४ 

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले २५६३ औ वुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश दिएका छन् । एक विज्ञप्ती जारी गर्दै नगरप्रमुख पाण्डेले वुद्ध जयन्तीको महत्वलाई वोध गरेर आजको दिनमा कुनै पनि खालको काटमार नगर्न सम्पूर्ण नगरवासीहरुलाई आग्रह समेत गरेका छन् । वुद्ध अहिंसाका पुजारी भएको उल्लेख गर्दै नगरप्रमुख पाण्डेले अहिंसात्मक भावनाको विकास गराउनका लागि काटमार नगर्न आग्रह गरेका हुन् ।
वुद्ध विश्वकै लागि गौरवको कुरा भएको भन्दै हरेक नेपालीले उनका उपदेश र सिद्धान्तहरुको पालना गर्नुपर्न कुरामा उनले जोड दिएका छन् । ‘हामीले वुद्धलाई जपेर मात्रै हुँदैन उनले कोरेको वाटोमा पनि हिड्नुपर्दछ’ नगरप्रमुख पाण्डेले विज्ञप्तीमा उल्लेख गरेका छन् । मुलुकलाई विकास र समुन्नतीको मार्गमा हिडाउनका लागि हरेक नेपालीले वुद्धको उपदेशलाई पछ्याएर सत्य र निष्ठाको बाटामा हिड्नुपर्ने उनका भनाई छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ ४ गते शनिवार
प्रतिक्रिया