शनिवार तुलसीपुर क्षेत्रमा ५ घण्टा विद्युत सेवा अवरुद्ध हुने

तुलसीपुर,३ जेठ । तुलसीपुर क्षेत्रमा शनिवार ५ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ । लमही–घोराही १३२ केभी प्रसारण लाईन सूचारु भएसंगै घोराही तुलसीपुर ३३ केभी प्रशारण लाईन अन्र्तगत रुखका हाँगा तथा रुख कटान गर्नुपर्ने भएको भन्दै विहान ७ वजेदेखी दिउँसो १२ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रशासन प्रमुख युवराज विष्टले जानकारी दिएका छन् ।

तुलसीपुर क्षेत्र सहित सल्यान र रुकुममा समेत विद्युत सेवा अवरुद्ध हुने भएको हो ।यद्यपी विद्युत कार्यालयले तोकिएको समयमा पनि विद्युत सेवा सुचारु नहुदा उपभोत्ताले गुनासो गरेका छन । पुर्व निर्धारित समयमा विद्युत सेवा सुचारु नहुने र छिनछिनमा विद्युत जाने आउने गर्दा उपभोक्ताले हैरानी खेप्न बाध्य भएका छन् ।

प्रकाशित मिति : २०७६ जेष्ठ ३ गते शुक्रवार
प्रतिक्रिया