तालमा डुवेर बेपत्ता भएका एक व्यक्तिको शव ९ महिना पछि भेटियो

सोलुखुम्वु , २ जेठ । ९ महिनाअघि सोलुखुम्बुको गोक्यो तेश्रो तालमा डुबेर बेपत्ता भएकामध्ये सुनिल बराइलीको शव भेटिएको छ । विदेशी विशेषज्ञ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले परिचालन गरेको रोबोटले झण्डै ३५ फिट गहिराइमा शव पहिचान गरेर बाहिर निकालेको सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पुरुषोत्तम भण्डारीले जानकारी दिनुभयो । अब शव भेटाउन बाँकी रहेका एक जनाको खोजी भैरहेको छ ।

बुधवार देखि नै खोजी सुरु गरेको टोलीले विहिवार बिहान शव बाहिर निकालेको हो । बराइली साथीको उद्धार गर्न जाने क्रममा शरीरमा लगाएको कपडासहित डुबेका थिए । त्यसै आधारमा उनको पहिचान गरिएको हो । बेपत्तामध्ये अब पेम्बा दोर्जी शेर्पाको शव मात्र भेट्न बाँकी छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ २ गते बिहिवार
प्रतिक्रिया