कञ्चनजंङघा आरोहणमा पुगेका दुई भारतिय नागरिकको मुत्यु

काठमाडौ, २ जेठ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा आरोहण गर्न गएका दुई भारतीय नागरिकको ज्यान गएको छ भने एकजना आरोही सम्र्पकविहीन भएका छन् ।ज्यान गुमाउने आरोहीहरुमा पश्चिम बंगालका ४६ वर्षीय कुन्तल कार्नार र ४८ वर्षीय विप्लव वैद्य रहेको पुष्टि भएको छ ।

बुधबार ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजङ्घा मुख्य शिविरमा पुगेर फर्कने क्रममा वैद्यको चौथो शिविरमाथिको क्षेत्रमा ज्यान गएको हो । त्यसैगरी कार्नारको आरोहणकै क्रममा ज्यान गएको आरोहणको जिम्मा लिएको ’पिक प्रमोशन कम्पनी’ का प्रबन्ध निर्देशक केशव पौडेलले उज्यालोलाई बताउनुभयो । त्यसैगरी आरोहण गर्ने क्रममा चिप्लिएर सम्पर्क्विहीन भएका एकजनाको खोजी कार्य भैरहेको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ २ गते बिहिवार
प्रतिक्रिया