शिलतपुरघाटमा सरसफाई

तुलसीपुर, ३१ बैशाख । दाङको तुलसीपुर ११ स्थित ववई नदी किनारमा सरसफाई गरिएको छ ।सितलपुर घाट अस्तब्यस्त र फोहोर भएपछि मंगलवार त्यहा सरसफाई गरिएको छ । लामो समय देखिको अब्यबस्थित फोहोरले दाहसंस्कार गर्न पनि कठिन हुनुका साथै नदि नै दुर्ग्न्धित बन्न थालेपछि रेडियो हाम्रो पहुँचको आयोजनामा त्यहा सरसफाई गरिएको हाम्रो पहुँच बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले बताएका छन् ।

श्रीराम फर्निचर तुलसीपुरको सहयोग तथा तुलसीपुर उपमहानगरपालिका कार्यालयको समन्वयमा सरसफाई गरिएको हो । कार्यक्रममा सहभागीहरुले सरसफाईलाई निरन्तरता नदिए पुनः पहिले जस्तै हुने भन्दै नियमित सरसफाईमा ध्यान दिनुपर्ने बताएका थिए ।
सरसफाई कार्यक्रममा क्लिन तुरलसीपुर , ग्रिन तुलसीपुर सरसफाई अभियान्ता बिमल रिजाल , तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष मिनराज भण्डारी,हाम्रो संस्थाका कार्यबहाक ब्यबस्थापक डिआर भण्डारी, रेडियो हाम्रो पहुँचका स्टेशन मेनेजर बसन्त पौडेलले सरसफाईमा सवैले ध्यान दिनुपर्नेमा जोड दिएका थिए । सरसफाई कार्यक्रममा संस्थामा कार्यरत कर्मचारी, तुलसीपुर उद्योग बाणिज्य संघका पदाधिकारी लगायत बिभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

प्रकाशित मिति : २०७६ बैशाख ३१ गते मङ्गलवार
प्रतिक्रिया