दाङमा अवैध घरेलु मदिरा बरामद गरी नष्ट

तुलसीपुर, २९ बैशाख । दाङमा अवैध रुपमा उत्पादन गरेको घरेलु मदिरा बरामद गरी नष्ट गरीएको छ । घोराही वडा नम्वर ४ रातोडाँडा र सिदार्थ टोलका ४ घरबाट बरामद गरिएको ३ सय ८५ लिटर मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शनिवार प्रहरी सहायक निरीक्षक बिष्णु बहादुर बुढाथोकीको नेतृत्वमा जनप्रतिनिधि, आमा समुह सहित गएको टोलीले अवैध मदिरा बरामद गरी स्थानिय जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको प्रहरीले बताएको छ ।
साथै मदिरा बनाउन प्रयोग गरिने भाडा ३ थान र प्लास्टिकको ड्रम ९ थान पनि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिएका छन् । यस अघि यहि बैशाख २७ गते शुक्रवार पनि सोहि वडाको विभिन्न ठाउँका १३ घरबाट अबैध रुपमा उत्पादन गरेको दुई सय लिटर घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ दुई हजार दुई सय साठी लिटर बरामद गरी नष्ट गरिएको थियो ।

प्रकाशित मिति : २०७६ बैशाख २९ गते आइतवार
प्रतिक्रिया