आगलागीमा परेर सल्यानमा २ जनाको मृत्यू

बुद्धि पुन,सल्यान २८, बैशाख ।सल्यानका बिभिन्न सामुदायिक बनमा भएको आगलागीमा परेर २ जनाको मृत्यू भएको छ । जिल्लाको छत्रेश्वरी गाउपालिका र शारदा नगरपालिका क्षेत्रको वनमा भएको आगोलागीमा परेर २ जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्लाको छत्रेश्वरी गाउपालिका ६ मा रहेको भूवनेश्वरी सामुदायिक बनमा लागेको आगो नियन्त्रण गर्ने क्रममा आजबिहान जलेर सिमपानी निबासी ६५बर्षिय पेन्टी बोहराको मृत्यू भएको छ । अर्का स्थानिय ४०बर्षिय खगेन्द्र बोहरा गम्भिरघाईते हुनुभएको छ । यस्तै गतबैशाख २४गते घरबाट हराएका शारदा नगरपालिका ९ दुवेरीका अन्दाजी ६३ बर्षिय गोर्बधन पुनको पनि आगलागीमा परेर मृत्यू भएको प्रहरीले जनाएको छ ।
स्थानियले खोजी कार्यगर्दा काफलपानी सामुदायिक बनमा शुक्रबार बेलुका मृत अबस्थामा फेला परेको प्रहरीको भनाई छ । सामुदायिक बनमा लागेको आगो बस्तीमा सल्किदा छत्रेश्वरी गाउँपालिका र कपुरकोट गाउपालिकामा गरेर दर्जन घर जलेर नष्ट भएका छन् ।केही दिन यता जिल्लाका बिभिन्न सामुदायिक बनमा भएको आगलागीका कारण झन्डै २हजार हेक्टर बढी वन क्षेत्रमा क्षती गरेको डिभिजन बनकार्यालय सल्यानका डिभिजन बन अधिकृत थीरबहादुर कार्कीले बताउनुभयो ।
उहाँले जिल्लाका बिभिन्न ७ वटा सामुदायिक बनमा आगलागी भएको बताउनु भयो । सल्यानका बिभिन्न सामुदायिक बनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि तथा स्थानियहरु आगो नियन्त्रण कार्यमा खटिएका छन् ।

प्रकाशित मिति : २०७६ बैशाख २८ गते शनिवार
प्रतिक्रिया