अवैध घरेलु मदिरा तथा कच्चा पदार्थ बरामद गरी नष्ट

दाङ, २८ बैशाख । घोराहीको विभिन्न स्थानमा अवैध रुपमा उत्पादन गरिएको घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ बरामद गरी नष्ट गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शुक्रबार विहान देखी बेलुका सवाँ पाँच बजेसम्म गरिएको अनुगमनका क्रममा घोराही ४ का बगाले, बाह्रहागे, सोनपुर र नयाँबस्तीका १३ घरबाट अबैध रुपमा उत्पादन गरेको घरेलु मदिरा दुई सय लिटर र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ दुई हजार दुई सय साठी लिटर बरामद गरी जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको हो ।

वडा अध्यक्ष भिम बहादुर सार्की, बाह्रहाँगे आमा समुहको सक्रिय सहभागिता र प्रहरी चौकी गोग्लीबाट प्रहरी सहायक निरीक्षक बिष्णु बहादुर बुढाथोकीको नेतृत्वमा गएको अनुगमन टोलीले उक्त मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
साथै मदिरा बनाउन प्रयोग हुने भाडाँकुडा १२ र पलास्टिकको ड्रम ९० थान नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख २८ गते शनिवार
प्रतिक्रिया