सातु खानुस् भन्दै ८१ वर्षिया बुढिआमा भेटिएपछि….

तुलसीपुर, २४ बैशाख । विगतका वर्षमा जस्तै यस वर्ष पनि सातु खानुस् भन्दै तुलसीपुर ९ शिवपुर निवासी सिता बस्याल भेटिनुभयो । उहा उमेरले ८१ बर्ष पुगीसक्नु भएको छ ।तर उहाको शरीर स्वास्थ्य देखीन्छ ।उहा लाठ्ठीको साहारा विना सजिलै हिड्डुल गर्न सक्नुहुुन्छ । प्रसङग थियो अक्षय तृतिया तिथि जसलाई एउटा विशेष दिनका रुपमा लिईन्छ सातु खाने दिन ।

उहाले यसरी सातु बाँडेर हिड्न लागेको २९ वर्ष पुगेको बताउनु भएको छ । धर्म आर्जन गर्ने भन्दै प्रत्येक वर्ष ४ \५ पाथी जौँ पिसेर सातु तयार गरी बाड्दै हिड्ने गरेको उहाको भनाई छ ।
सातु अर्थात् चना, जौ जस्ता गेंडागूडी अथवा अन्नलाई भुटेर तयार पारीएको पीठो हो । कृष्ण र सुदामाका प्रसङ्ग देखि पौराणीक काल अनि मानव सभ्यताका विभिन्न चरणमा सातु यात्राका क्रममा प्राय लिएर हिंड्ने चलन रहेको छ ।
आजकै तिथीबाटै औपचारीक रुपमा सत्य यूगको शुरुवात भएको थियो भने महाभारतको यूगको समाप्ती लगत्तै आजकै दिनबाट द्वापर यूग समापन भई त्रेतायूग शुरु भएको हो । यस्तै सातु खाएपछि मातम हुने,अकालमा मुत्यु नहुने,राम भगवान रक्षा गर्ने लगाएतका विविध परम्परा मान्यता रही आएको छ ।
यसै उल्लास र उत्सर्गका साथ आज वैशाख शुक्ल तृतीयाका दिन नेपाल, भारत, बगंलादेश, म्यानमार, पाकिस्तान लगायत विभिन्न एसियाली देशहरु अनि एसियाली डायस्पोरामा विश्वभरि अक्षय तृतीया मनाईन्छ ।

प्रकाशित मिति : २०७६ बैशाख २४ गते मङ्गलवार
प्रतिक्रिया