मिना बुढाथोकी,सल्यान २७ चैत्र ।
सल्यानका दुईवटा खोलामा एक दशकदेखि गाडिहरु गुडिरहेका छन् । जिल्लाको थारमारे, फारुलाचौर सडकखण्डको रातामाटा फारुला खण्ड र थारमारे चौरजहारी सडक खण्ड अन्तर्गत बडागाउँको चियापानीदेखि कालागाउँको स्यानीपिप्ली सम्म पुग्ने सडकमा पुल नहुँदा एक दशकदेखि खोलामै गाडी गुड्दै आइरहेका छन् ।
थारमारे चौरजहारी सडक खण्ड अन्तरगत चियापानीे स्यानीपिप्ली खण्डमा चार किलोमिटर सडक खोलामै छ । सडक र खोला छुट्याउनै मुस्किल छ । यो समस्या यातायात व्यवसायी र यात्रुहरुले एक दशक देखि भोगिरहेका छन् । स्थानिय कुमाख मालिका गाउँपालिका वडा ३ का सञ्जिव शर्मा भने पहिले जग्गा नासिने डरले स्थानियले खेत खन्न दिएनन् सडक निर्माणको जिम्मा लगाएकाहरुले पनि खोलालाई नै सडक बनाए ।
यस्तै थारमारे, फारुलाचौर सडकखण्डको रातामाटा फारुलाचौर खण्डमा पर्ने एक किलोमिटर सडक पनि खोलामै छ । खोला ठुलो हुने भएकोले वर्षायाममा त गाडिहरु चल्नै सक्दैनन् फारुलाका स्थानिय रमेश चन्दले भने खोलाकै कारणले हामीहरु नियमित रुपमा गाडि चढ्न पाउदैनौँ । खोलामा सडक हुँदा वर्षेनी खोलामा आउने वाढिले स्वरुप नै उथलपुथल पारिदिने र सडक मर्मतको नामा वर्षेनी लाखौँको रकम खर्च हुने स्थानियले गुनासो गरेका छन् । हिउद र गर्मि याममा खोला सडकमा परिणत हुन्छ अनि वर्षायाममा सडक खोलामा परिणत हुन्छ स्थानिय खेरम प्रकाश मल्लले व्यंग्यात्मक शैलीमा भने अहिले सम्म यस्तो समस्या समाधानको लागी कसैले पहल गरेको छैन ।
पहिलोपटक सो सडक खण्डमा यात्रा गर्नेहरु त सडक खोई भने स्थानियलाई सोध्ने गर्छन उनले भने के गर्नु यहि हो सडक भनेर खोलालाई सिकाउछौँ न त पुल छ न त सडक छ । स्थानियवासिहरुले खोलामा सडक र पुल नहुँदा आफुहरुले उत्पादन गरेका बस्तुहरु समेत निर्यात गर्न र वर्षा याममा दैनिक उयपभोग्यका समान खरिद गर्न समेत समस्या हुने गरेको गुनासो गरेका छन् ।