नेपाल रेडक्रस सोसाईटीको महाधिवेशन स्थगित गर्न आदेश,रेडक्रसकर्मीद्धारा दुःख व्यक्त

काठमाडौ, २३ बैशाख । नेपाल रेडक्रस सोसाइटीले विधान अनुसार महाधिबेशनको सम्पुर्ण तयारी गरीरहेको बेला जिल्ला प्रशासन कार्यालय काठमाडौले हाल महाधिवेशन रोक्न आदेश दिएको छ । रेडक्रसको यहि बैशाख २३ देखि २५ गतेसम्म सुनसरी जिल्लाको धरानमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । महाधिवेशनको लागि देश भरका रेडक्रसकर्मीहरू धरान पुगी सकेको अवस्थामा जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सोसाइटी केन्द्रीय कार्यालय काठमाडौँको नाममा आईतवार बेलुकी ५ वजेतिर चलानी नम्वर ९८६ को निर्देशनात्मक पत्र पठाएको सोसाईटीले जानकारी दिएको छ ।

सम्पुर्ण तयारी गरीसकेको अवस्थामा आकस्मिक रुपमा यसरी पत्र पठाउनु दुखत भएको सोसाईटीका सन्चार विभाग निर्देशक दिव्यराज पौडेलले बताएका छन् ।महाधिवेशनको तयारी बारे पत्रकार सम्मेलन, प्रतिनिधिहरूको दर्ता प्रक्रिया, निर्वाचन समिति लगाएतका महत्वपुर्ण कार्यको तयारी गरेको समयमा महाधिबेशन स्थगित गर्न पत्र पठाएको भन्दै सम्पुर्ण रेडक्रसकर्मी दुखी भएको उनको भनाई छ ।

साथै उक्त पत्रको विषयमा सोसाईटीको केन्द्रिय कार्यसमितिको बैठकमा गम्भीर छलफल गरी उक्त पत्र संस्थाको हित र प्रचलित कानुन अनुकूल समेत नभएकोले कानूनी उपचारको लागि अदालतमा जाने निर्णय गरिएको उनले जानकारी दिएका छन् । वार्षिक २५ लाख मानिसलाई सेवा पुर्याइरहेको र समुदायको मन जितेर मानवीय सेवामा अहोरात्र सेवा दिइरहेको र विश्वमा एउटा सफल उदाहरणीय काम गरी आएको अवगत गराईएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख २३ गते सोमवार
प्रतिक्रिया