अर्थमन्त्रालयद्धारा आगामी बर्षका लागी १५ खर्व भन्दा वढि बजेट ल्याउने प्रस्ताव

काठमाडौ, २३ बैशाख । अर्थमन्त्रालयले आगामी आर्थिक वर्ष १५ खर्ब ७७ अर्बको बजेट ल्याउने प्रस्ताव तयार पारेको छ । यद्यपि उक्त बजेटले अन्तिम रुप पाउन सकेको छैन । मन्त्रालय अहिले बजेटको अन्तिम तयारीमा जुटेको मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् । योजना आयोगले भने सरकारलाई १४ खर्ब ९३ अर्बको सिलिङ पठाएको थियो । बजेटमा सरकारी कर्मचारीको तलव र सामाजिक सुरक्षा भत्ता बढाउने पक्का भएको छ । सरकारले नीति तथा कार्यक्रममा नै सामाजिक सुरक्षा भत्ता बढ्ने उल्लेख गरेको छ भने कर्मचारीको तलब बढ्ने विषय भने संकेत गरिएको थियो ।

मन्त्रालय श्रोतका अनुसार सामाजिक सुरक्षा भत्ता अन्तर्गत ज्येष्ठ नागरिककले पाउने वृद्धा भत्ता मासिक एक हजार रुपैयाँले बढाउने लगभग पक्का भएको छ । तर कर्मचारीको तलब कति बढाउने भन्ने निर्णय हुन बाँकी छ ।अर्थमन्त्रीले आइतबार नै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष, पूर्व महालेखा परीक्षक लगायतसँग मंगलबार नै छलफल भएको छ । अर्थमन्त्रालय श्रोतका अनुसार छलफलमा आधा दर्जन बढी आयोगका पूर्व उपाध्यक्षहरू थिए भने अन्य अर्थविद्हरु पनि सहभागी थिए ।छलफलमा अर्थविद्हरुले आगामी बजेटमा श्रोत सुनिश्चिता गर्न सुझाव दिएका छन् ।

प्रकाशित मिति : २०७६ बैशाख २३ गते सोमवार
प्रतिक्रिया