बन्दको हल्ला मात्रै

तुलसीपुर, २३ बैशाख । गिरफ्तार नेता कार्यकर्ता रिहाइको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी द्वारा सोमवार २३ गते आह्वान गरिएको नेपाल बन्द हल्ला मात्रै भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।सोमवार हुने भनिएको बन्द नेत्र विक्रम चन्द विप्लव नेतृत्व नेकपाको नभएको हुदा हल्ला मात्र भएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार आफुहरुलाई बन्दको कुनै आधिकारिक जानकारी नआएको बताउदै हल्लाको पछि नलाग्न दाङ प्रहरीले आग्रह गरेको छ ।उक्त पार्टीले गत विहिवार एक विज्ञप्ती निकाल्दै २३ गते नेपाल बन्दको आह्वान गरेको थियो ।

प्रकाशित मिति : २०७६ बैशाख २३ गते सोमवार
प्रतिक्रिया