फर्निचर उद्योगबाट राम्रो आन्दानी गदै हरिलाल डिसी

बुद्धि पुन ,सल्यान , २३ बैशाख । सल्यानको बागचौर नगरपालिका ३ का हरिलाल डिसीले फर्निचर उद्योगबाट राम्रो आन्दानी गरेको बताएका छन् । सशस्त्र युद्धको समयदेखी नै राजनिति गर्दै आएका डिसीले अहिले फर्निचर उद्योग सञ्चालन गरेका छन् । राजनीति गर्दा अन्य पेसा व्यवसाय गर्न समय हुदैन भन्ने कुरालाई उदाहरण दिदै आफुले दुवै काम गरेको उनको भनाई छ ।
तत्कालीन माओवादीकेन्द्रका केन्द्रीय सदस्य समेत रहेका डिसीले मासिक पाँचलाख रुपैयाँ आम्दानी गर्दै आएको बताएका छन् । युवा रोजगारीका लागि विदेश पलायन भइरहेको समयमा परिश्रम र मेहेनत गरे स्वदेश मै राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ । घरखर्च, छोराछोरीको पालनपोषण तथा पढाइ खर्च र मजदुरलाई पारिश्रमिक दिएर मासिक दुईलाख रुपैयाँ सम्म बचत हुने गरेको उनले बताएका छन् । उनले फर्निचर उद्योग खोलेर अन्य १२जनालाई समेत रोजगारी दिएका छन् ।

प्रकाशित मिति : २०७६ बैशाख २३ गते सोमवार
प्रतिक्रिया