दाङका विभिन्न स्थानमा आगलागी

दाङ, २० बैशाख । दाङका विभिन्न स्थानमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार बबई गाउँपालिका तल्लो बगरपुर स्थित चन्द्र बहादुर कुमालको घरमा विहिवार दिउँसो आगलागी भएको छ । उनको १ तले २ कोठे खरले छाएको कच्ची घरमा आगलागी हुदा सम्पुर्ण जिन्सी समान सहित नगद ५० हजार रुपैया समेत गरी झन्डै ३ लाख रुपैया बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

यस्तै तुलसीपुर १५ बनगाउ बस्ने नबिन नेपालीको १ तले २ कोठे फुसले छाएको घरमा आगलागी भएको छ । प्रहरीका अनुसार आगलागी हुदा घर पुर्ण रुपमा जलेर नष्ट भएको र नगद ३० हजार रुपैया सहित जिन्सी समान गरी झन्डै ३ लाख ७२ हजार रुपैया बराबरको क्षति भएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख २० गते शुक्रवार
प्रतिक्रिया