ढुङगाले च्याप्दा प्युठानमा एक जनाको मृत्यु

तुलसीपुर,२० बैशाख ।

ढुङगाले च्याप्दा प्युठानमा एक जनाको ज्यान गएको छ । जिल्लाको स्वर्गद्वारी नगरपालिका–२ स्वर्गद्वारी आश्रम नजिकै पोखरी बनाउन ढुङगा निकाल्ने क्रममा ढुङगाले च्यापेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

ज्यान जानेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका–३ मिझिङ निवासि बर्ष २३ का रेगबहादुर विष्ट रहेको कार्यालयले जनाएको छ । घटना विहिवार दिउसो भएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०७६ बैशाख २० गते शुक्रवार
प्रतिक्रिया