जन्ती र बेहुली पक्षबीच भएको झडपमा एकको मृत्यु

गोरखा । गोरखाको पालुङटारमा जन्ती र बेहुली पक्षबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ । लमजुङको राइनासबाट गोरखाको पालुङटार–४ को कुमाल गाउँ आएको जन्ती पक्षबीच झडप भएको हो । जन्ती पक्षले केटीहरुलाई जिस्काएको भन्दै केटी पक्षका युवाहरुको समूहले आक्रमण गर्दा राइनास अल्कटारका ३४ वर्षीय विष्णुबहादुर कुमालको ज्यान गएको हो ।

कुटपिटबाट सख्त घाइते उनलाई उपचारका लागि पोखरा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो । सो घटनापछि प्रहरीले १२ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार बेहुली लिएर फर्कदै गर्दा जन्ती पक्षमाथि आक्रमण गरिएको थियो ।

प्रकाशित मिति : २०७६ बैशाख १९ गते बिहिवार
प्रतिक्रिया