प्राधिकरण आधिकारिक ट्रेड युनियन निर्वाचनको मतदान सुरु, तुलसीपुरमा ६४ प्रतिशत मत खस्यो

लक्ष्मण विश्वकर्मा, दाङ, १९ बैशाख । नेपाल विद्युत प्राधिकरण आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागी विहिवार दाङ सहित देशभर मतदान सुरु भएको छ । निर्वाचनका लागी विहान ९ वजेदेखी देशभर एकैसाथ मतदान प्रक्रिया सुरु भएको बताईएको छ । मतदान अपरान्ह ४ वजे सम्म जारी रहनेछ । यता नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रमा पनि मतदान भईरहेको छ । तुलसीपुर मतदान अधिकृत दिपकजंग चौधरीले दिएको जानकारी अनुसार ५० जना मतदाता रहेकोमा हाल सम्म ६४ प्रतिशत मतदाताले मतदान गरीसकेका छन् ।
जसमा तुलसीपुर वितरण केन्द्र, कुसुम हापुरे १३२ केभी प्रशारण लाईन आयोजना , कुसुम सव स्टेशन र पश्चिम दाङको हापुरे सव स्टेशनका कर्मचारीहरु मतदाता रहेका छन् । उनीहरु मध्ये ३२ जनाले मतदान गरीसकेको अधिकृत चौधरीले जानकारी दिएका छन् । मतदान सम्पन्न भईसकेपछि मतगणना सुरु गरिने बताईएको छ । देशका विभिन्न ८ स्थानमा मतदान अधिकृतको कार्यालय तोकिएको छ । जसमा काठमाडौं, विराटनगर, हेटौंडा, जनकपुर, पोखरा, वुटवल, नेपालगञ्ज र अत्तरियालाई तोकिएको छ ।
सवै मतदाताहरुको सहजताका लागी भन्दै प्राधिकरणको शाखा केन्द्रहरुमा मतदान अधिकृत खटाएर मतदान गर्ने व्यवस्था मिलाईएको छ । निर्वाचनकै कारण बिहीबार देशभरका काउन्टर बन्द गर्ने निर्णय प्राधिकरणले गरेको छ ।
नेतृत्वका लागी नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन, नेपाल विद्युत प्राधिकरण कर्मचारी कल्याण परिषद र नेपाल विद्युत कर्मचारी संघ गरी ३ वटा संगठन चुनावी मैदानमा उत्रिएका छन् । कर्मचारी युनियन नेकपा निकट कर्मचारी संगठन हो भने कर्मचारी कल्याण परिषद् राप्रपा निकट र कर्मचारी संघ कांग्रेस निकट संगठन हो । तीनवटै संगठनको नेतृत्व क्रमशः रामेश्वर पौडेल, सुरेन्द्र पाण्डे र जनार्दन भट्टराईले गरेका छन् ।

प्रकाशित मिति : २०७६ बैशाख १९ गते बिहिवार
प्रतिक्रिया