अपहरित स्कुले बालकको भारतबाट उद्दार

राजविराज । सप्तरीको राजगढ गाउँपालिका ३ बाट गत शुक्रबार अपहरणमा परेका सोही वडा निवासी १२ वर्षिय स्कुले बालक लक्ष्मण यादव भारत बिहार राज्य सीतामढीको शिवहरबाट मंगलबार बिहान अपहरण मुक्त भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट सादा पोशाकमा प्रहरी उपरिक्षक राजेन्द्र विष्टको नेतृत्वमा खटेको टोलीले भारत सीतामढीको शिवहरस्थित एक होटलबाट बालक यादवलाई मंगलबार बिहान ३ बजेतिर सकुशल उद्दार गरेको हो ।

मंगलबारै पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएका बालक यादवलाई परिवारको जिम्मा लगाइएको छ । राजगढ गाउँपालिकास्थित ज्ञान ज्योती बोर्डिङ्ग स्कुलमा कक्षा ३ मा अध्ययनरत बालक यादव गत १३ बैशाखमा टोलमै आफन्तको विवाह भोज खान गएको बेला अपहरणमा परेका थिए ।
पिसाब गर्न निस्केको बेला अचानक मोटरसाइकलमा आएका दुई तीन जना अपरिचित व्यक्तिले आँखा मुख छोप्दै जबरजस्ती मोटरसाइकलमा राखेर अज्ञात स्थलतर्फ लगेको बालक यादवको भनाई छ ।

केही नेपाली र केही भारतीय अपराधि प्रयोग गरि बालक यादवको फिरौतीका लागि अपहरण गरेको खुलेको र अनुसन्धानका लागि तीनजना शंकास्पद स्थानिय व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक विष्टले जानकारी दिए । यद्दपी अनुसन्धानमा बाधा पुग्ने र संलग्न अन्य अपराधि फरार हुन सक्ने भएकाले पक्राउ परेकाहरुको नाम गोप्य राखिएको उनको भनाई छ ।

अपहरणकारीले बालक यादवलाई नशालु पदार्थ खुवाएर राख्ने गरेको र उद्दारको क्रममा उनी अर्धबेहोस अवस्थामा रहेको प्रहरी उपरिक्षक विष्टले बताए । अपह्त बालक यादवको बुबा जागेश्वर यादव जागिरको सिलसिलामा भारतको मुम्बईमा थिए । अपहरणको भोली पल्ट अपहरणकारीले बालक यादवको काका बिरेन्द्र यादवलाई मोबाइलमा फोन गरि “तिम्रो भतिजो हामीसँग छ, सकुशल चाहिन्छ भने ५० लाख बुझाऊ” भन्दै फोन काटेका थिए ।

अपहरणकारीले मुम्बईमा रहेका बालकका बुबा जागेश्वरलाई पनि फोन गरि उनीसँग पनि ५० लाख रुँपैया फिरौती नदिए छोराको ज्यान मार्ने धम्की दिएका थिए । पीडित पक्षबाट बालक हराएको र खोजिदिन आग्रहसहित निवेदन आएपछि सुरुमा हुलिया बिबरणसहितको सूचना सबै प्रहरी कार्यालयमा पठाएका थियौं प्रहरी उपरिक्षक विष्टले भने, “तर, फिरौती वापत ५० लाख रुँपैया माँग गरेको थाहा पाएपछि चार वटा टोली बनाएर खोजीमा लाग्यौं ।”

अपहरणकारीले बालक यादवलाई नशालु पदार्थ खुवाएर राख्ने गरेको र उद्दारको क्रममा उनी अर्धबेहोस अवस्थामा रहेको प्रहरी उपरिक्षक विष्टले बताए । अपह्त बालक यादवको बुबा जागेश्वर यादव जागिरको सिलसिलामा भारतको मुम्बईमा थिए ।

फिरौती माग्न प्रयोग भएको मोबाइल नम्बरको लोकेशन सेवा प्रदायक संस्थासँग लिँदै बालक लुकाई राखेको स्थान नजिक पुग्न सफल भएको उनले सुनाए ।

प्रकाशित मिति : २०७६ बैशाख १८ गते बुधवार
प्रतिक्रिया