सवारी दुर्घटना हुदा नेकपाका नेता शर्मा र बुढाथोकी घाईते

तुलसीपुर १८ बैशाख । सवारी दुर्घटना हुदा दाङका दुई जना घाईते भएका छन् ।पूर्बपश्चिम राजमार्ग अन्र्तगत पुर्वबाट पश्चिमतर्फ आउदै गरेको ना ६ ख ४३४९ नम्बरको ट्रक र विपरित दिशाबाट दाङ देखी बुटवल तर्फ जाँदै गरेको बा १९ च १३३ नम्बरको कार ठोक्किदा दुर्घटना भएको प्रहरीले बताएको छ ।
दुर्घटना अर्घाखाँचीको सितगंगा नगरपालिका ८ सातमारा भन्ने स्थानमा बुधवार विहान ९ वजेतिर भएको प्रहरीले बताएको छ । दुर्घटनामा परि कारमा सवार तुलसीपुर १५ निवासी लक्ष्मण शर्मा र मनोहर बुढाथोकी घाईते भएका छन् । घाईते दुवै जनाको थप उपचारका लागी कोहलपुर रिफर गरिएको छ । घाईते भएका शर्मा नेकपाका नेता हुन भने बुढाथोकी युवा संघ नेपाल प्रदेश न ५ का प्रमुख हुन्

प्रकाशित मिति : २०७६ बैशाख १८ गते बुधवार
प्रतिक्रिया