२०८३ असोज ६ गते मङ्गलवार

डाँकाचोरी मुद्धामा फरार अभियुक्त छब्बीस वर्ष पछि दाङमा पक्राउ

तुलसीपुर, २७ चैत्र । डाँकाचोरी मुद्धामा फरार अभियुक्त छब्बीस वर्ष पछि दाङमा पक्राउ परेका छन । प्रकाउ पर्नेमा साविक फुलवारी गा.वि.स.वडा नं. ४ बस्ने वर्ष ५२ का डब्बल नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनलाई दाङ देउखुरी जिल्ला अदालतले दोषि ठहर गर्दै २०४७ साल बैशाख २७ गते पैतालिस दिन कैद र ४४ हजार १ सय ४५ रुपैया जरीवानाको फैसला गरेको थियो । निज लाई लुकीछिपी घर नजिकै बसेको अवस्थामा आज पक्राउ गरी कैद असुल उपरको लागि दाङ देउखुरी जिल्ला अदालतमा पठाईएको प्रहरी प्रमुख धिरज प्रताप सिंहले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति : २०७३ चैत्र २७ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।