वडा नम्वर ५ का वडा अध्यक्ष घुस रकम सहित पक्राउ

दाङ , १६ बैशाख ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीबाट २५ हजार घुससहित एक जना वडाअध्यक्षलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्वर ५ का वडाअध्यक्ष शिल्टु मियाँ रहेका छन् । सेवाग्राहीबाट २५ हजार घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मियाँलाई सोमबार बिहान पक्राउ गरेको हो ।पक्राउ परेका वडाअध्यक्ष मियाँलाई आवश्यक अनुसन्धानपछि कारवाही गरिने आयोगले जनाएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख १६ गते सोमवार
प्रतिक्रिया