मुख्यमन्त्री संग नेपालका लागि पाकिस्तानका राजदूत जावेदको भेटवार्ता

दाङ, १५ बैशाख । ५ नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल संग नेपालका लागि पाकिस्तानका महामहिम राजदूत मजहर जावेदले आईतवार भेट गर्नुभयो ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा राजदूत जावेदले लुम्बिनी बौद्धमार्गीका लागि मात्रै नभएर सबैको श्रद्धाको स्थल भएको बताउनुभयो ।

मुख्यमन्त्रीले लुम्बिनी सहित तराईका इलाका ऐतिहासिक सम्पदाले भरिपूर्ण रहेको चर्चा गर्नुभयो ।राजदूत जावेदले दुई मुलुकको लामो कुटनीतिक सम्बन्धमा कुनै समस्या नआएको र सम्बन्ध मजवुत रहेको चर्चा गर्दै सांस्कृतिक आदानप्रदान गरी सम्बन्धलाई अझ बलियो बनाउनुपर्ने बताउनुभयो । मुख्यमन्त्रीले सांस्कृतिक आदानप्रदान गरी सम्बन्धलाई अझ बलियो बनाउन सकिने बताउनुभयो ।

प्रकाशित मिति : २०७६ बैशाख १५ गते आइतवार
प्रतिक्रिया