२२औं अभिभावक भेला सम्पन्न

 

छबि कुमार वली
तुलसीपुर, १४ बैशाख / शान्तिनगर गाउँपालिका वडा नं. १ स्थित बीेरेन्द्र माध्यमिक विद्यालय खिलतपुरको २२औं अभिभावक भेला सम्पन्न भएको छ ।  भेलामा विद्यालयका प्रधानाध्यापक कुल बहादुर डाँगीले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
विद्यालय व्यसस्थापन समितीका अध्यक्ष हिरा बहादुर वलीको अध्यक्षता तथा शान्तिनगर गाउँपालिकाका प्रमुख कमानसिंह डाँगीको प्रमुख आथित्यमा भएको भेलामा गाउँपालिका उपाध्यक्ष मिथिला शाह, शिक्षा शाखा प्रमुख घनश्याम वली, शान्तिनगर गाउँपालिका – १ का वडाध्यक्ष जंग बहादुर पुन, वडा नं. ४ का अध्यक्ष धन बहादुर के.सी., अभिभावक चित्र बहादुर जि.सी, लगाएतले बोलेका थिए । भेलाले निर्वतमान अध्यक्ष हिरा बहादुर वलीको अध्यक्षतामा ७ सदस्यीय विद्यालय व्यवस्थापन समिती पनि चयन गरेको छ । शिक्षिका हिरा के.सी को स्वागत मन्तव्यबाट सुरु भएको भेलाको सञ्चालन शिक्षक प्रेम बहादुर वलीले गरेका थिए ।

प्रकाशित मिति : २०७६ बैशाख १४ गते शनिवार
प्रतिक्रिया