देशमा सरकार छ भन्दा पनि लज्जाबोध हुन्छ : एमाले उपाध्यक्ष ज्ञावली

तुलसीपुर २७ चैत्र / नेकपा एमालेकाका उपाध्यक्ष युवराज ज्ञावलीले देशमा सरकार छ भन्ने कुरा लज्जाबोध भएको बताएका छन् । तुलसीपुर उपमहानगरपालिका स्तरीय कार्यकर्ता भेलालाई तुलसीपुरमा सम्बोध गर्दे उपाध्यक्ष ज्ञावलीले कमीसनको चक्करमा लागेका कारण आइजीवी वनाउने कुरामा कांग्रेसभित्र ठूलो लडाई भएकोे बताए ।
उपप्रधानमन्त्री बनाउन नसक्दा पनि महिनौ दिनसम्म क्याविनेट भैठक बस्न नसकेको बताए । वरियता क्रम अनुसार उपप्रधानमन्त्री वनाउन नसक्ने सरकारबाट जनताले के आशा गर्ने भन्दै उपाध्यक्ष ज्ञावलीले कांग्रेस र माओवादी पछाडी लागेर पार लाग्न नसक्ने ठोकुवा गरे । नेपाली जनतालाई समृद्ध बनाउन, जनातलाई धनी बनाउन अव एमालेको विकल्प नभएको उनले बताए । यो चुनाव हार्नु भनेको गरिब, सर्वहारा जनताको हार हुने भएको भन्दै चुनावी युद्धलाई जसरी भए पनि जित्नु पर्ने बताए । सो अवसरमा नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोखरेलले कांग्रेसका नेता तथा मन्त्रीले भ्रमछर्दै हिडेको बताए ।

एमाले नेतृत्वको सरकाका पालमा विनियोजन गरेको बजेटका विरुद्ध लाग्ने काँग्रेसका नेताहरु अहिले गाउँगउँमा गएर बजेट हामीले ल्याएको भन्दै भ्रम छर्ने गरेको आरोप लगाए नेकपा एमालेका केन्द्रिय सदस्य सुजिता साक्य, प्रदेश नम्बर पाँचका सदस्य नरुलाल चौधरी, एमाले जिल्ला कमिटी दाङका अध्यक्ष टीकाराम खड्का, उपाध्यक्ष हुकुम बस्नेत, सचिव हिराचन्द्र केसी, सहकारी तथा गरिबी निबारण विभागका केन्द्रिय सदस्य घनश्याम पाण्डे, जिल्ला सदस्य कृष्ण गोपाल गुप्ता, सामाजिक अभियन्ता नवराज लामीछाने लगाएतले बोलेका थिए ।

भेलामा मज्दुर किसान पार्टी र नयाँ शक्ति पार्टी तुलसीपुर नगरकमीटी एमालेमा समाहित भएको छ । नयाँ शक्ति पार्टीकाका नगर संयोजक बामदेव भुसाल, मज्दुर किसान पार्टी दाङका अध्यक्ष यादव देवकोटा सहति विभिन्न पार्टी परित्या गरेर सारदी सार्की, दुर्गा नेपाली, मीत्रलाल परियार, पञ्चराम नेपाली देवेन्द्र केसी लगाएत एक सय पचास जना एमालेमा प्रवेश गरेको नगरकमीटीले जनाएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगर संयोजक भुपबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नगर सचिव माधव वलीले गरेका थिए । कार्यक्रममा जनवादी गायक सुशील दुःखीले आफना प्रस्तुती राखेको थिए ।

प्रकाशित मिति : २०७३ चैत्र २७ गते आइतवार
प्रतिक्रिया