तुलसीपुरमा आयो मापसे पत्तालगाउने ब्रेथलाइजर

तुलसीपुर, ११ बैशाख

दाङमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउदा दुर्घटना बढ्न थालेपछि ब्रेथलाइजर मेसिनको प्रयोग बढ्न थालेको छ । अधिकांस दुर्घटना, मापसेकै कारण भएको ट्राफिक प्रहरीले बताईरहदा त्यसको रोकथामकालागि स्थानीय तहले उपकरण सहयोग गर्न थालेका छन् । अत्याधिक जनघनत्व र सवारी चाप रहेको तुलसीपुर क्षेत्रमा संभावित दुर्घटना न्युनिकरणका लागि तुलसीपुर उपमहानरपालिका– ५ ले ट्राफिक प्रहरी कार्यालय तुलसीपुरलाई अत्याधुनिक ब्रेथलाइजर मेसिन प्रदान गरेको वडाध्यक्ष वीरेन्द्रकुमार शाहले जानकारी दिनुभयो । वडाले एक लाख २५ हजार लागतको अत्याधुनिक ब्रेथलाईजर मेसिन दिएको हो । ब्रेथलाईजर मेसिन नहुँदा ट्राफिक प्रहरीले सवारी साधन रोकेपनि सुँधेर मदिरा सेवन गरेको या नगरेको पत्ता लगाउने गरेको थियो । यद्यपी ट्राफिकसंग विगतमा दाङमा भएको एउटा ब्रेथलाईजर मेसिन पनि कमसलखालको भएकाले त्यति भरपर्दो नभएको तुलसीपुर ट्राफिकले जानकारी दिएको छ । अहिले तुलसीपुर, घोराही र लमहीमा अत्याधुनिक ब्रेथलाइजर मेसिन आइपुगेका छन् । जसले गर्दा मदिरा सेवन गरेर सवारी साधन चलाउनेको संख्यामा कमी आउने ट्राफिक प्रहरीले अपेक्षा गरेको छ ।
अहिलेको ब्रेथलाईजर मेसिनले चेकजाँच भइरहेको स्थलमै मदिरा सेवन गरेको पाईमा नाम ठेगाना र लाइसेन्स नम्बर सहित फोटो तत्कालै निकाले भएकाले अत्यन्तै भरपर्दो र प्रभावकारी भएको ट्राफिक कार्याल तुलसीपुरका प्रमुख चन्द्र केसीले जानकारी दिनुभयो । यो मेसिनले कतिप्रतिशत मदिरा सेवन गरेको छ भन्ने कुरापनि सजीलै पत्ता लगाउने भएकाले चेकजाँदमा सहजता हुने ट्राफिक प्रमुख केसीले बताउनुभयो । यस अघि ट्राफिकलाई निकै सकस हुने गथ्र्यो । सवारी ऐनमा मापसे गरेको पाईमा पहिलो पटक दुइ पाङग्रेलाई एक हजार रुपैया सम्म जरीवाना र चारपाङग्रे सवारीसाधनलाई सार्वजनिक मुद्दा समेत चलाउने व्यवस्था छ ।

प्रकाशित मिति : २०७६ बैशाख ११ गते बुधवार
प्रतिक्रिया