तुलसीपुर खानेपानी ई–सेवामा जादै

डि.आर.एन.
वैशाख १० तुलसीपुरर / तुलसीपुर खानेपानी तथा सरसफाई संस्थाले जेठ १ गतेदेखि आफ्ना ग्राहकलाई ई–सेवाबाट सेवा प्रदान गर्ने भएको छ । जिल्लामै पहिलो पटक ई–सेवा प्रणाली लागु गर्न लागेको संस्थाले आज मंगलवार ईसेवासंग सहमती गरी आफ्नो सेवालाई ईन्टरनेट प्रविधिसंग जोड्न लागेको हो । संस्थाका सचिव मनोज लामिछानेको संयोजकत्वमा ईसेवा लागु गर्न लागिएको सदस्य रञ्जनराज गौतमले जानकारी दिए । ईसेवा प्रणाली सुरु भएपछि अव सम्पूर्ण ग्राहकहरुले घरमै वसेर पनि खानेपानिको महशुल तिर्न सक्ने लामिछानेले जानकारी दिए । ईसेवाको तर्फबाट बजार प्रमुख कमल सापकोटा र खानेपानी संस्थाबाट सचिव मनोज लामिछानेद्धारा हस्ताक्षर भई आज सहमति भएको हो ।

प्रकाशित मिति : २०७६ बैशाख १० गते मङ्गलवार
प्रतिक्रिया