तिन शिर्षकमा तिन पक्राउ,अनुसन्धानका लागी ५/५ दिनको म्याद थप

तुलसीपुर, १० बैशाख । दाङमा विभिन्न तिन शिर्षकमा तिन जना पक्राउ परेका छन् । जस अन्र्तगत चोरी गरेको आरोपमा घोराही १४ ट्राफिक चोक नजिक पुल्चोक बस्ने सद्दाम हुसेनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनको साथबाट ५० रुपैया दरका १० थान, १०० दरका ४ थान एनसेलको रिचार्ज कार्ड र ११,००० (एघार हजार) नगद, साक्य गहना पसलबाट १ तोला ४०० ग्राम गलाएको सुन, सुनको सिक्री १ थान, सुनको औठी १ थान, स्यामसुङ कम्पनिको मोबाईल १ थान र चोरीका सामान पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी विनोद विक्रम शाहले जानकारी दिएका छन् ।
पिडितले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरी मुलुकी अपराध संहिता ऐन २०७४ को २४१ अनर्तगत मुद्धा दर्ता गरी अदालतबाट दिन ५ को म्याद थप भई अनुसन्धान भईरहेको छ । उनी बिभिन्न चोरीमा समेत संलग्न भएको समेत पाईएको छ ।

बलात्कार गरेको आरोपमा एक जना पक्राउ
यस्तै राप्ती गाउँपालिका बस्ने ११ बर्षिया एक वालिकालाई बलात्कार गरेको आरोपमा घोराही १५ वस्ने वर्ष ४४ का ऋषिराज आचार्य पक्राउ परेका छन् । उनले गत असोज देखी नै ती बालिकालाई पटकपटक बलात्कार गदै आएको भन्दै पिडित पक्षले जाहेरी दिएपछि उनलाई सोमवार पक्राउ गरिएको प्रहरीले बताएको छ । उनी बिरुद्ध करणी मुद्धा दर्ता गरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

आगु औषध सहित एक जना पक्राउ
यस्तै आगु औषध सहित घोराही १६ लेटार बस्ने वर्ष २७ को खिम बहादुर घर्तीलाई पक्राउ गरिएको छ । उनले लागु औषध विक्रि वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा गएको प्रहरी टोली गत आईतवार उनको घर खानतलासी गरेको थियो ।
प्रहरीले उनको घरबाट लागु औषध सहित चोरी भएका सामानहरु सुनको सिक्रि १ थान र सुनको औठी १ थान बरामद गरेको छ । उनी विरुद्ध लागु औषध नियन्त्रण ऐन २०३३ को परिच्छेद २ को दफा ४ वमोजिम मुद्धा दर्ता गरी अदालतवाट ५ दिन म्याद थप लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख १० गते मङ्गलवार
प्रतिक्रिया