कुटपिटबाट एक युवक घाईते

तुलसीपुर, ९ बैशाख । तुलसीपुर ५ नयाँबसपार्क पुल नजिककै गएराती एक युवक माथी कुटपिट भएको छ । कुटपिटबाट बबई गाउँपालिका वडा नम्वर ७ मठौरी निवासी ३२ वर्षिय चुडा बहादुर परियार गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घटना गएराती १० वजेतिर भएको हो । घाईते परियारको कोहलपुर उपचार भईरहेको प्रहरीले बताएको छ । कुटपिट गरेको आरोप प्रहरीले दुई युवकलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा २४ वर्षिय थल बहादुर परिवार र १८ बर्षिय राज सुनार रहेका छन् । उनीहरु दुवै जना विरुद्ध पिडित पक्षले ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएको प्रहरीले बताएको छ । घटना मारेमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ।

प्रकाशित मिति : २०७६ बैशाख ९ गते सोमवार
प्रतिक्रिया