प्रकृति संरक्षणमा उत्कृष्ट कार्य गर्न प्रधानसेनापतिको निर्देशन

 

तुलसीपुर, ८ बैशाख

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले चितवन जिल्लाको कसरास्थित बटुकदल गण र त्यस अन्र्गत रहेका सुरक्षा पोष्टहरुको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा थापाले उक्त गणको बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी लिएका थिए भने चितवन राष्ट्रिय निकुञ्जमा शुन्य चोरी शिकार अवधिको लगातार २ वर्ष सफलतापूर्वक सम्पन्न भएको अवसरमा ुशुन्य चोरी शिकारका २x३६५ दिनको ब्यानर अनावरण समेत गरेका थिए ।

प्रधानसेनापति थापाले संरक्षणमा आवद्ध संघ संस्था तथा स्थानीय जनतासँग समेत समन्वय र सहकार्य गर्दै प्रकृति संरक्षण कार्यमा सकलदर्जालाई उत्कृष्ट ढंगले कार्य सम्पादन गर्न निर्देशन दिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ बैशाख ८ गते आइतवार
प्रतिक्रिया