इन्जेक्सन लगाएर कैलालीमा किशोरीमाथि सामुहिक बलात्कार

तुलसीपुर, ८ बैशाख

कैलाली । कैलालीमा एक किशोरीलाई इन्जेक्सन लगाएर सामुहिक बलात्कार गरिएको छ ।जिल्लाको घोडाघोडी नगरपालिका–४ मा १६ वर्षीया एक किशोरीमाथि नयाँ वर्षको दिन १ वैशाखमा इन्जेक्सन लगाएर सामूहिक बलात्कार भएको प्रहरीले बताएको छ । ती किशोरी आफन्तको विवाहमा जाँदै गर्दा घोडाघोडी जङ्गलमा बलात्कृत भएकी हुन् ।

घोडाघोडी जंगलमा सामूहिक बलात्कार गरेका सातमध्ये ६ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

बलात्कारको आरोपमा पक्रउ पर्नेमा घोडाघोडी नगरपालिका–१ का केशव भनेर चिनिने राकेश गिरी, लक्ष्मण रावल, हिमराज क्षेत्री, रुपेश चौधरी, नरेन्द्र विक र नवीन शाही छन् । अर्का एक जना फरार रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०७६ बैशाख ८ गते आइतवार
प्रतिक्रिया