विराटनगर, ७ वैशाख
मोरङको पथरी शनिश्चरे नगरपालिका १ मा महिलाको विभत्स अवस्थामा शव भेटिएको छ । पथरी बजारमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ वर्षीया रिना बस्नेतको शव आफनै डेरा नजिकै आज बिहान भेटिएको मोरङका प्रहरी प्रमुख एसपी मनोज केसीले बताए । बस्नेतको बलात्कारपछि हत्या गरेको हुनसक्ने आशंका एसपी केसीको रहेको छ । १४ वर्षीय छोराका साथ बस्दै आएकी बस्नेतको श्रीमान् वैदेशिक रोजगारीमा छन् । शुक्रबार साँझ सांगीतिक कार्यक्रम हेर्नका लागि घरबाट निस्किएकी बस्नेतको निवस्त्र अवस्थामा शव फेला परेको एसपी केसीले जानकारी दिए ।
प्रकाशित मिति : २०७६ बैशाख ७ गते शनिवार






