विप्लव नेतृत्वका नेता तुलसीपुरमा पक्राउ

तुलसीपुर, ६ बैशाख
प्रहरीले घेराहालेर विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका दुइ नेतालाई पक्राउ गरेको छ । सल्यान प्रहरी र तुलसीपुर प्रहरीले घेराहालेर तुलसीपुर– सल्यान सडक खण्डको पैयाँखोरेबाट केन्द्रीय सदस्य द्धोय चुडामणी वली, चन्द्रबहादुर खडका ‘असल’ र लालबहादुर वलीलाई प्रहरीले दिउसो साढे चारबजे पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोद विक्रम शाहले ३ जना पक्राउ परेको जानकारी दिएपनि नाम र गाडीको नम्बर र उनिहरुलाई राखेको स्थान भने खुलाउन नसकिने बताउनुभयो । यता तुलसीपुर प्रहरीले पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय दाङमा राखिएको जानकारी दिएको छ । स्रोतका अनुसार उनिहरु भेटघाटका लागि सल्यान जाँदै थिए । स्रोतका अनुसार नेताहरु जाँदै गरको गोप्य सूचना पाएको प्रहरीले तत्काल सल्यानको कपुरकोटबाट खटेको प्रहरी र तुलसीपुरबाट पिछा गर्दै गएको प्रहरीले – उनिहरुलाई पक्राउ गरेको हो । नेताहरु दाङबाट सल्यान तर्फ स्कारपीयोमा जाँदै गरेका थिए ।

प्रकाशित मिति : २०७६ बैशाख ६ गते शुक्रवार
प्रतिक्रिया