यस्तै एमाले जिल्ला सचिब हिराचन्द्र केसीले एमालेप्रति बढेको जनलहर लाई खेर फाल्न नहुने भन्दै जित्नका लागि सवै जुट्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा माओवादि केन्द्र बाट प्रवेश गरेका खिमकान्त पाण्डेले काग्रेस र माओवादिले देश लाई विखण्डन तर्फ लग्न खाजेकोले एमालेको प्रबेश गरेको बताउनुभयो । एमालेले मात्र देश जोगाउन सक्ने भन्दै देश जोगाउनका लागि लाग्नुपर्ने वेला आएको नव प्रवेशिहरुको धारणा थियो । यस्तै रत्न बहादुर डागी सहित वीस जना एमालेमा प्रबेश गरेका थिए ।
सो अवसरमा जिल्ला सदस्य मान बहादुर रावत,पुर्व जिल्ला सदस्य माया आचार्य,साविक फुलवारी गाविसका पुर्व अध्यक्ष मदन कुमार केसी, पुर्व क्षेत्रिय सदस्य हुकुम बहादुर रोका लगाएतले वोल्नु भएको थियो । साथै भेलाले वस्नेतको सयोजकत्वमा वडा कमिटि गठन गरेको छ । वडा संयोजक रविलाल वस्नेतको अध्यक्षतामा भएको भेलाको सहजिकरण वडाका उप संयोजक मोहन पौडेलले गर्नुभएको थियो ।।
प्रकाशित मिति : २०७३ चैत्र २७ गते आइतवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।