ट्राफिक प्रहरी अधिकारीलाई ४० प्रतिशत भत्ता दिने सरकारको निर्णय

काठमाडौ,५ वैशाख । सरकारले ट्राफिक प्रहरी अधिकारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएको जानकारी दिए ।भत्ताको व्यवस्थासहित ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका, २०७५ स्वीकृत भएको हो । निर्देशिका अनुसार ट्राफिक प्रहरीमा कार्यरत सिपाही र हवल्दारले ४० प्रतिशत भत्ता पाउनेछन् ।

प्रहरी नायब निरीक्षक ९सई० र प्रहरी सहायक निरीक्षक ९असई० ले २० प्रतिशत भत्ता पाउने छन् भने प्रहरी निरीक्षक ९इन्स्पेक्टर० र प्रहरी नायब उपरीक्षक ९डीएसपी० ले १० प्रतिशत भत्ता पाउनेछन् ।उनीहरुले आफ्नो न्यूनतम तलब अनुसार भत्ता पाउने गृह मन्त्रालयका एक अधिकारीले बताए । धुँलो, धुँवा र अन्य कार्यालयमा भन्दा बढी समय सेवामा खटिनु पर्ने भएकाले भत्ताको ट्राफिक प्रहरीलाई भत्ता व्यवस्था गरिएको बताईएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख ५ गते बिहिवार
प्रतिक्रिया