बसको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मुत्यु

विरगन्ज , ४ बैशाख । स्कुल बसको ठक्करबाट वीरगञ्जमा एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं १९ नगवा मिथिला नगरकी अन्दाजी गुञ्जन चौरसियाको मुत्यु भएको हो । दिल्ली पब्लिक स्कुलको ना १ क ७७६७ नम्बरको बसको ठक्करबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सवार ना २३ प ७९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनामा परेपछि स्कुल बसले चौरसियालाई किच्दा उनी गम्भिर घाईते भएका थिईन् ।

बसको पछाडिको भागले किचेर गम्भीर घाइते भएकी उनको नारायणी अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।मोटरसाइकल चालक साहिल चौरसिया भने सकुशल छन् ।

प्रकाशित मिति : २०७६ बैशाख ४ गते बुधवार
प्रतिक्रिया